
आइतवार , फाल्गुण २५, २०८१
भैरहवा, २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत अहिले मतगणना जारी छ । शनिबार भएको मतदानमा १ हजार ६ सय ७० मत खसेकोमा १ हजार ६ मतगणना हुँदा वाणिज्यतर्फका उम्मेदवार हरि बहादुर थापा र दीपक कुमार पौडेलले बराबर मत प्राप्त गरेका छन् । प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलका अनुुसार थापा र पौडेल दुवैले ४५५/४५५ मत प्राप्त गरेका छन् । अहिलेसम्मको मत हेर्दा दुवै उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिन्छ ।
त्यस्तै सह–कोषाध्यक्षमा पल्लवी न्यौपानेले ५७२ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सह–कोषाध्यक्षका अर्का उम्मेदवार संजय कुमार बेरिवालले ४१८ मत प्राप्त गरेका छन् ।
उद्योगतर्फ सदस्यका उम्मेदवार तेजेन्द्र यादवले ४२१, विजय अधिकारीले ५११, दिपेन्द्र पौडेलले ५१५, कमल ज्ञवालीले ५९४, ओम जैसीले ६२१, सृजना कार्की जोशीले ३४७, अभिनव थापाले ७२६, कृतेश कुमार श्रेष्ठले ४८३ र रचना क्षेत्रीले ५३० मत प्राप्त गरेका छन् ।
त्यसै गरी वाणिज्यतर्फका उम्मेदवार धर्मविर शर्माले ७१४, सुरेन्द्र यादवले ३०९, प्रकाश रेग्मीले ५१४, अभिनव मयूर कसौधनले ६९५, विशाल जयसवालले ६२८, चन्द्रकान्त भट्टराईले ३१६, पूजा आचार्यले ६२५, हरिश सेठीयाले ५५१, यज्नय प्रसाद बेल्बासेले २६८, अर्जुन कार्कीले ४४०, गंगा सागर अग्रहरीले ५१३, धर्मराज आचार्यले ५६५, जवाहीर अग्रहरीले २८८, रमेश घिमिरेले ५९७, सन्दिप कुमार अग्रहरीले २६३, रमेश कानुले ३५७, कृष्ण प्रसाद अधिकारीले ५१४, विरेन्द्र ज्ञवालीले ५२९ र प्रमोद रिजालले ६८० मत प्राप्त गरेका छन् ।
निर्वाचन आयुक्तको कार्यालयका अनुसार महिला वाणिज्य सदस्यमा मिना पन्थीले ५५६ र सुनयना के.सी. गिरीले ३३५ मत प्राप्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij