२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

सिद्धार्थ उवासंघ : वाणिज्य सदस्यतर्फ सबैभन्दा धेरै मत धर्मविर शर्मालाई

आइतवार , फाल्गुण २५, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ अन्तर्गत शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । २ हजार १ सय १२ सदस्य रहेको संघमा शनिबार भएको मतदानमा १ हजार ६ सय ७० मत खसेको थियो ।

    वाणिज्य उपाध्यक्षमा दीपक कुमार पौडेललाई ११ मतले पराजित गर्दै हरि बहादुर थापा विजयी भएका छन् । थापाले ७५१ मत प्राप्त गर्दा दिपक कुमार पौडेलले ७४० र यमकला न्यौपानेले १५८ मत प्राप्त गरेका छन् ।

    सह–कोषाध्यक्षमा पल्लवी न्यौपाने विजयी भएकी छन् । न्यौपाने ९४४ मतका साथ विजयी हुँदा सह–कोषाध्यक्ष पदका अर्का उम्मेदवार संजय कुमार बेरिवालले ६८३ मत प्राप्त गरेका छन् । कार्यसमिति सदस्य वाणिज्यतर्फ (महिला) मा ९२३ मतका साथ मीना पन्थी विजयी भएकी छन् । सोही पदको अर्का उम्मेदवार सुनयना के.सी. गिरीले ५४० मत प्राप्त गरेकी छन् ।

    कार्यसमिति सदस्य (वाणिज्यतर्फ) सबैभन्दा धेरै मत पाउने १० सदस्य विजयी भएका छन् । १९ जना सदस्यका उम्मेदवारमध्ये सबैभन्दा धैरै मतका साथ धर्मविर शर्मा निर्वाचित भएका छन् । शर्मा १ हजार १ सय ८३ मतका साथ विजयी भएका हुन् । संघको ६४ औं वार्षिक साधारण सभा तथा अधिवेशन (निर्वाचन) मा सचिवमा मंगल भण्डारीसँग पराजित शर्मा यसपटक भने सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । कर्म स्टोर गल्लामण्डीका सञ्चालक शर्मा विभिन्न संघ-संस्थाहरुमा पनि आबद्ध छन् ।

    482302174_1221374696662673_8832532747960433760_n.jpg

    यी हुन् वाणिज्यतर्फ विजयी सदस्यहरु

    १. धर्मविर शर्मा–११८३
    २. अभिनव मयूर कसौधन–१११४
    ३. प्रमोद रिजाल–१०९९
    ४. पुजा आचार्य–१०४९
    ५. विशाल जैसवाल–१०२१
    ६. रमेश घिमिरे–९६४
    ७. हरिश सेठिया–९३३
    ८. धर्मराज आचार्य–९३१
    ९. प्रकाश रेग्मी–८६६
    १०. गंगा सागर अग्रहरी–८६१