२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुस्कुनद्वारा उत्पादित दुग्धजन्य पदार्थको भैरहवामा विक्रीवितरण सुरु

मंगलवार , फाल्गुण २७, २०८१

भैरहवा, २७ फागुन । लुम्बिनी विशिष्टिकृत सहकारी संघ लि.(लुस्कुन) ले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थको विक्रीवितरण भैरहवाबाट सुरु भएको छ । भैरहवाको बुद्धचोकस्थित एच.डी.डेरी सप्लायर्सले लुस्कुनले उत्पादन गरेका दुधजन्य पदार्थको विक्रीवितरण सुरु गरेको हो ।

सोमबार एच.डी.डेरी सप्लायर्सको उद्घाटन गरिएको छ । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले डेरी पसल (सप्लायर्स) को उद्घाटन गर्दै लुस्कुनको उत्पादन भैरहवाबाट विक्री सुरु भएको भन्दै खुसी व्यक्त गरिन् । उनले आफ्नै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । देशमै बसेर केही न गरौं भन्ने हाम्रो सोच हुनुपर्छ’उनले भनिन्– ‘सिद्धार्थनगर नगरपालिकाको विकासको पाइलाको रुपमा हामीले यसलाई हेरेका छौं ।’ 

लुम्बिनी विशिष्ट सहकारी संघ लि.की अध्यक्ष ज्ञानु पौड्यालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर लुम्बिनी प्रदेशका १४५ वटा सहकारीले लगानी गरेर लुस्कनले तिलोत्तमा नगरपालिका–६ पश्चिमपहुनीस्थित दुधजन्य प्रशोधन केन्द्र (उद्योग) सञ्चालन गरेर बताइन् । ‘लुस्कुनमा आबद्ध त्रिशुल बचत तथा सहकारी संस्था लि.कै सदस्य सरिता रानाले डेरी पसलको सुरुवात गर्नुभएको छ’ उनले भनिन्–‘यो खुसीको कुरा हो ।’ लुस्कुनद्वारा सञ्चालित उद्योगले गुणस्तरीय दुधजन्य पदार्थ उत्पादन गरेको र बजार विस्तार समेत भइरहेको अध्यक्ष पौड्यालले बताइन् । 

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले दुधजन्य पदार्थ खरीद गर्न सीमापारी जान नपर्ने सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता रहेका बताए । उनले स्वदेशमै उद्यममा लागेका सबैलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

एच.डी.डेरी सप्लायर्सकी सञ्चालक सरिता रानाले एच.डी.डेरी सप्लायर्समा शुद्ध दुध, दही, महि, पनिर, नौनी, घ्यु, बटर, आईसक्रिम लगायत दुधजन्य उत्पादनहरु उपलब्ध हुने जानकारी दिइन् । ‘हामीकहाँ लुस्कनद्वारा उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थहरु पाइन्छ, ’उनले भनिन् । त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि. सिद्धार्थनगरकी प्रबन्धक समेत रहेकी रानाले स्थानीयस्तरमै उत्पादित वस्तुको प्रयोग गर्न आग्रह गरिन् ।

IMG_5391.JPG