२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

तिलोत्तमा व्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन

बिहिवार , फाल्गुण २९, २०८१

  • 958
    Shares
  • 958
    Shares
  • तिलोत्तमा, २९ फागुन । तिलोत्तमा ब्यापार संघ, तिलोत्तमा, रुपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम बिहीबार मणिग्राममा सम्पन्न भएको छ । त्यसअवसरमा संघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो समेत विमोचन गरिएको छ ।

    कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्ष जेपी कंडेलले चाडपर्वहरुले संस्कार र अनुशासन समेत सिकाउने भएकाले आफ्नै महत्व रहेको बताए । उनले सामाजिक सदभावको पर्व होलीले व्यवसायिक एकताको वातावरण निर्माण गर्न सकोस् भन्ने शुभकामना दिदै संस्थागत विकासमा सबै व्यवसायीहरु हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले फागु पर्व (होली) को ऐतिहासिकताबारे चर्चा गर्दै संघले मेलमिलाप र आत्मीयता बढाउन हरेक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको बताए । 

    कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष मीनप्रसाद पोखरेल, संघका सल्लाहकार ई. दुजेन्द्र बस्नेत, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, महासचिव चेतनारायण विश्वकर्मा (विष्णु कालीराज) लगायतले उद्योगी–व्यवसायीका धेरै समस्या हुँदाहँुदै पनि अगाडि बढ्नुपर्ने बाध्यता रहेकोले आशावादी भएर अगाडि बढ्न आग्रह गरेका थिए । उनीहरुले आ–आफ्नो तर्फबाट फागुपूर्णिमा होलीको शुभकामना दिएका थिए । कार्यक्रमको संयोजन तारा सुनारले गरेकी थिइन् ।