२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

‘लिडरसीप एक्सलीलेन्स अवार्ड’ पाउन लागेका मोती शर्मालाई सम्मान

मंगलवार , चैत्र ४, २०८१

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बाट समृद्धि पदक प्राप्त गर्दै ‘लिडरसीप एक्सलीलेन्स अवार्ड’–२०२५ लागि योग्य भएका मोती प्रसाद शर्मा (पौडेल) लाई सम्मान गरिएको छ । 

    नेपाल लाईफ इन्योरेन्स कम्पनी लि. भैरहवा शाखाले सोमबार एक कार्यक्रमकाबीच शर्मालाई सम्मान गरेको हो । कम्पनी अन्तर्गत वार्षिक स्कीम अनुसार आफ्नो लक्ष्य पूरा गरी समृद्धि पदक प्राप्त गर्दै ‘लिडरसीप एक्सलीलेन्स अवार्ड’ का लागि योग्य भएका शर्मालाई सम्मान गरिएको हो । उनी पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाको अध्यक्ष हुन् । 

    कम्पनीका सहायक शाखा प्रमुख थमन चौधरीको अध्यक्षता, मोती प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल लाईफ इन्योरेन्स कम्पनी लि. भैरहवा शाखा प्रमुख अश्विन पण्डितको सञ्चालनमा भएको कार्यक्रममा विशेष सल्लाहकार गजेन्द्र कोहार, लालसा यादव र राजेश यादवको आतिथ्यता रहेको थियो ।

    WhatsApp Image 2025-03-18 at 1.40.34 PM (1).jpeg