२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेश ५ मा छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु

सोमवार , श्रावण २६, २०७७

बुटवल, २६ साउन ।
प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।  ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाडका अनुसार रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र रोल्पामा भएका छुटाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ बस्ने १८ वर्षकी आषिया दर्जीको इँटा बनाउन माटो निकालिएको खाल्डोमा डुबेर मृत्यु भएको छ । उनी बुवासँगै ईट्टा उद्योग बस्ने गरेकी थिइन् ।

त्यस्तै कपिलवस्तुमा घर भत्काउने क्रममा छतबाट खसेर शिवराज नगरपालिका–३ का चिन्का चौधरीको मृत्यु भएको छ । शिवराज नगरपालिका–१ बेलउति चोक बस्ने विनोद कुँवरको एक तले घरको ढलान भत्काउने क्रममा छतबाट खसेर मृत्यु भएको हो ।

रोल्पाको परिवर्तन गाउँपालिका–६ टुनिडाँडा बस्ने ३६ वर्षका दलबहादुर बुढा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । उनको अत्याधिक मात्रा मदिरा सेवन गरेको खूलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरी अर्घाखाँची सन्धिखर्कमा पनि एक जनाको सुतेकै ठाउँमा मृत्यु भएको छ । प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका–८ खाला घर भइ हाल सन्धिखर्क–२ पुरानो बसपार्कमा बस्ने वर्ष ३५ का गोविन्द खत्रीको सुतेको ठाउँमा बेहोस भएका थिए । 
सोमबार बिहान श्रीमतीले बेहोस अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।