
बिहिवार , चैत्र ६, २०८१
भैरहवा, ७ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको कार्यसमिति सदस्यमा तीनजना सदस्य मनोनित भएका छन् । संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले कैलाश गुप्ता, राजु न्यौपाने र प्रेम नारायण बेल्बासेलाई सदस्यमा मनोनित गरेका हुन् ।
पर्यटनतर्फको सदस्यमा गुप्ता, उद्योगतर्फ न्यौपाने र वाणिज्यतर्फ बेल्बासेलाई मनोनित गरिएको हो । गुप्ता दोस्रोपटक सदस्यमा मनोनित भएका छन् । यसअघि निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पनि उनलाई कार्यसमिति सदस्यमा मनोनित भएका थिए । तीनैजनाले बुधबार सपथग्रहण समेत गरेका छन् ।
सदस्यमा मनोनित भएका उद्योगी–व्यवसायीहरुले संघको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने र उद्योगी–व्यवसायीको हकहितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij