२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नबिल बैंकद्वारा मर्चवारमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

शुक्रवार , चैत्र ७, २०८१

भैरहवा, ८ चैत । नबिल बैंक लिमिटेडले रुपन्देहीको मर्चवारमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ । बैंकको सम्मरीमाई र भैरहवा शाखाले शुक्रबार कोटहीमाई गाउँपालिका–५ मझगावास्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम गरेका हुन् । ‘ग्लोबल मनी विक’–२०२५ को अवसरमा आयोजित कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्ययनरत ३५ जना बढी विद्यार्थीहरुको उपस्थिति थियो ।
ता

लिम शुभारम्भ कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख अमित के.सी.ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न प्रविधिमार्फत प्रलोभन दिएर पैसा ठगी गर्ने कार्य भइरहेकोले सचेत हुनुपर्ने बताए ।  ‘पैसा कमाउनु र बचाउनु दुवै ग्राहो काम हो । कमाएको पैसा खर्च गरियो भने त ठीकै छ । तर, दुःख गरी कमाएको पैसा कसैले विभिन्न प्रलोभन दिएर उसको खाताबाट रकम ठगी गर्छ भने त्यो अपराध हो, ’उनले भने ।
अनलाइन ठगीबाट बच्नका लागि सचेतना जगाउन कार्यक्रम गरिएको उनको भनाइ छ ।

त्यस्तै मर्चवार आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामकेश प्रसाद पालले ज्ञान नै शक्ति भएको बताए । उनले आफूले पाएको ज्ञान र सन्देश गाउँ, घर र टोलमा अरुलाई पनि दिन विद्यार्थीहरुलाई आग्रह गरे । 
‘नबिल बैंक मर्चवार आदर्श बहुमुखी क्याम्पसमा आउँदा हामीलाई एकदमै खुसी लागेको छ । आजको डिजिटल युगमा बैंकको महत्व झन बढेको छ, बैंकले हाम्रो पैसा सुरक्षित गरेको छ, ’उनले भने ।

कार्यक्रममा नबिल बैंक भैरहवा शाखाका शाखा प्रबन्धक गंगाराम न्यौपानेले सहजीकरण गरेका थिए । बैंकका सम्मरीमाई शाखा प्रबन्धक अबरार अहमद खानको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_9768.JPG
IMG_8219.JPG

बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक’ विश्वभर बनाउने गरिएको छ । 

यसै सन्दर्भमा २०२५ मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १० गते) सम्म ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक’–२०२५ को १३ औं श्रृंखला मनाइँदैछ ।