२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देही घर जग्गा व्यवसायी संघको अध्यक्षमा उप्रेती

आइतवार , चैत्र ९, २०८१

भैरहवा, १० चैत । रुपन्देही घर जग्गा व्यवसायी संघको अध्यक्षमा सुरज उप्रेती निर्वाचित भएका छन् । शनिबार भैरहवामा भएको संघको साधारणसभा तथा तेस्रो अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

 

संघको प्रथम उपाध्यक्षमा विष्णु प्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण कुँवर, महासचिवमा धिरज घिमिरे, कोषाध्यक्षमा नारायण प्रसाद बेल्वासे र सचिवमा पिताम्बर न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमन न्यौपाने, रितेश अग्रवाल, सागर सुवेदी, कृष्ण प्रसाद अधिकारी, कृष्ण प्रसाद यादव, आवाश बञ्जाडे, नारायण महत, अशोक भुसाल, अभिनव थापा, छत्र पन्थी, गंगाधर पाण्डे र रामापति यादव रहेका छन् । 

नवनिर्वाचित अध्यक्ष उप्रेतीले व्यवसायीलाई सम्मानजक पेशाको रुपमा स्थापित गराउन छरिएर रहेका अरु व्यवसायीलाई पनि गोलबन्द गर्दै जाने बताए । उनले रुपन्देही रियल स्टेट व्यवसाय उत्कृष्ट रहेको बताउँदै त्यसको लागि अझै लगानीको बातावरण बनाउदै जाने उनको भनाइ छ । 

IMG_0083.JPG

यता घरजग्गा व्यवसायी महासंघ केन्द्रीय समितिको भैरहवामा बसेको बैठकले मुलुकको आर्थिक अवस्था लामो समयदेखि प्रतिकूल रहेको भन्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरेर अघि बढ्ने निर्णय गरेका छ । 

मुलुकभरका घरजग्गा व्यवसायीको थोरैथोरै लगानीबाट सञ्चालन हुने यस्तो कम्पनीले बैंकिङ ऋणबाट मुक्ति दिलाउने उनीहरुको भनाइ छ । कोरोना महामारीपछि थलिएको व्यावसाय उकास्न इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको निर्णय गरिएको जनाए । बैठकले व्यवसायीबाट १–१ लाख रुपैयाँ संकलन गरेर कम्पनी स्थापनाको निर्णय गरेको छ ।