२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

कर्जा लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्नेमा जोड

आइतवार , चैत्र ९, २०८१

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १० चैत । कर्जा लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ स्थित ठुटीपीपलमा आइतबार आयोजित वित्तीय साक्षरता कार्यक्रममा ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले ऋण लिएपछि सही ढंगबाट लगानी गर्न आग्रह गरिन् । उनले लघुवित्त संस्थाले महिलाहरूलाई वित्तीय क्षेत्रमा पहुँच बढाउन प्रेरित गरेको उल्लेख गरिन् । 

    त्यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यक्रम अधिकृत देवेन्द्र खड्काले नेपाल सरकारले निम्नस्तर जनसंख्या तथा ग्रामीणस्तरका समूहलाई आर्थिक रूपमा सचेत बनाउन, बिना धितो कर्जा प्रवाह गराउन सञ्चालनमा आएको संस्थाको रूपमा रहेको जानकारी दिए । 

    ठुटीपीपल शाखा प्रमुख अमृता पौडेलले लघुवित्त संस्थाले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै महिला सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै बताइन् । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा उत्कृष्ट समूह, अनुशासित समूह लगायतका विभिन्न विधामा महिलाहरूलाई सम्मान गरिएको थियो । 

    ओमसतिया गाउँपालिका वडा नम्बर १ का कार्यबाहक अध्यक्ष गंगा थापा, क्रियाशिल सहकारीका अध्यक्ष नविनता पोख्रेल, प्रहरी प्रतिनिधि चित्र बहादुर बराल, शिवपुर शाखा प्रमुख रसु पौडेल, संस्थाका कर्मचारी र लघुवित्तमा रहेका ७० जना सदस्यहरूलाई वित्तीय साक्षरता प्रशिक्षण दिइएको आयोजकले जनाएका छन् । ‘ग्लोबल मनी विक–२०२५’ अन्तर्गत कार्यक्रम गरिएको हो ।

    917fea3f-536f-4ed5-ab36-10818ccfcf4f.jpg