
आइतवार , चैत्र ९, २०८१
भैरहवा, १० चैत । नबिल बैंक लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ योगीकुटीस्थित मणिमुकुन्द माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी विक–२०२५ को अवसरमा आइतबार बैंकको योगीकुटी, रामग्राम र सुनवल शाखाले संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मणिमुकुन्दमा प्लस टु मा अध्ययनरत १५० जना विद्यार्थीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ । कार्यक्रमको पहिलो सत्रमा आशिष पन्थीले स्वागत, दोस्रो सत्रमा जयश्री बरालले प्रस्तुतीकरण एवं सहजीकरण तथा समापन सत्रमा अर्पित कुमार जयसवालले धन्यवाद ज्ञापन गरेका थिए ।
बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक’ विश्वभर बनाउने गरिएको छ ।
यसै सन्दर्भमा २०२५ मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १० गते) सम्म ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक’–२०२५ को १३ औं श्रृंखला मनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij