२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आईसीएफसी फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम

मंगलवार , चैत्र ११, २०८१

भैरहवा, १२ चैत । आईसीएफसी फाइनान्स लिमिटेड, भैरहवा शाखाले ग्लोबल मनी विक–२०२५ को अवसरमा सोमबार रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागीता थियो । 

कार्यक्रममा वित्तीय अनुशासन, बचतको महत्व, लगानीका अवसरहरू, डिजिटल बैंकिङ प्रविधि तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी विषयवस्तुमा छलफल गरिएको थियो ।

गोलिगढ टोल सुधार समिति अध्यक्ष युवराज पाण्डेको प्रमुख आतिथ्यता, गोलिगढ टोल सुधार समितिका सचिव फण्न्द्रि पोखरेल, रुपन्देही क्याम्पसका ईसीए प्रमुख एवं कार्यक्रम संयोजक शारदा गौतम, रुपन्देही क्याम्पसका प्रमुख पार्थिवेन्द्र उपाध्याय, सहायक क्याम्पस प्रमुख अरविन्द पाठक, व्यवस्थापन संकाय प्रमुख मीन प्रसाद शर्मा, प्राध्यापक बालमुकुन्द उपाध्याय तथा आईसीएफसी फाइनान्स लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक अमृत शर्माको आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा आईसीएफसी फाइनान्स लि. भैरहवा शाखाका शाखा प्रबन्धक विशाल बस्नेत, कार्यक्रम सञ्चालक सुमन अधिकारी, सहजकर्ता कुमार थापा मगर तथा आईसीएफसी फाइनान्सका प्रतिनिधि सिद्धान्त अधिकारी, राम नारायण चौधरी, मेलिना गुरुङ, दिपिका तुलाचन र बुद्धिराज तिम्सिना खत्रीको उपस्थिति थियो ।

WhatsApp Image 2025-03-24 at 12.53.02 PM.jpeg

आईसीएफसी फाइनान्सले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।