२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी लगानीका लागि महत्वपूर्ण गन्तव्य : अर्थमन्त्री पौडेल

बुधवार , चैत्र १२, २०८१

भैरहवा, १३ चैत । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले लुम्बिनीमा लगानी गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।
कान्तिपुर मिडिया ग्रुपले रुपन्देहीको भैरहवामा बुधबार आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘लुम्बिनीको सामथ्र्य धेरै फराकिलो छ, निजी क्षेत्रको लागि यो महत्वपूर्ण ठाउँ हो’उनले भने–‘यहाँका सम्भावनालाई व्यवसायसँग जोड्न म आग्रह गर्दछु । ’

लुम्बिनीले नेपालको सिंगो अर्थतन्त्रलाई उचाईमा पुर्याउन सक्ने उनले बताए । शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीले अग्रणी स्थान हासिल गर्न सक्छ’उनले भने–‘हामीले गरेका कोशिषमा साथ दिन अपील गर्छौ ।’

उनले लुम्बिनी प्रतिफलका निम्ति अनुकुल ठाउँ रहेको दावी गरे । हरेक मानकमा लुम्बिनी अग्रसर भएको उनको भनाइ छ । ‘भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण सम्पदाहरु छन्, यहाँ राम्रा र स्तरीय होटलहरु छन्, बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । यहाँ लगानी गर्नेले घाटा व्यहोर्नुपर्दैन, नाफा राम्रो कमाइन्छ’अर्थमन्त्री पौडेलले भने–‘लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् । कोही लगानी गर्न छुट्नुभएको छ भने लगानी गर्नुस् ।’ 

प्रधानमन्त्री केपी ओली नेतृत्वको अहिलेको सरकारले निजी क्षेत्रको आत्मबल र आत्मविश्वास बढाउन कुनै असर नराखेको उनले दावी गरे । नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले सरकारले लगानी अनुकुल वातावरण बनाउँदै जाने बताए । 

‘लुम्बिनीको समग्र अनुहार बदल्छौं, लुम्बिनी गुरुयोजना पूरा गर्न बाँकी छ, उनले भने लुम्बिनी विकास कोषको नेतृत्वको क्षमताको सीमाका कारण जुन रुपमा काम अघि बढ्नुपर्ने हो । त्यो हुन सकेको छैन, ’उनले भने ।
आर्थिक-सामाजिक क्षेत्रका समस्या समाधानका लागि सरकार अघि बढेको उनको भनाइ छ ।