२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

एनआईसी एशियाद्वारा दुर्घटना बीमावापत १० लाख प्रदान

बुधवार , चैत्र १२, २०८१

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  •  बुटवल, १३ चैत । एनआईसी एशिया बैंकले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाईका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान गरेको छ ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पन्थीकोे परिवारलाई बीमा वापतको रकम रु. १० लाख उपलब्ध गराएको छ । 

    बाणगंगा–७ बनगाई, घर भइ शान्तिचोक शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोलेका मृतक पन्थीको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनको श्रीमती सावित्रा पौडेललाई बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाखको चेक हस्तान्तरण गरे । 

    मृतक पन्थीको नाममा खोलिएको सर्वश्रेष्ठ बचत खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।