
बिहिवार , चैत्र १३, २०८१
भैरहवा, १४ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुन कर्जा सेवा सुरु गरेको छ । बैंकको भैरहवा शाखामा बिहीबार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरिएको शाखा प्रबन्धक रोशन शर्माले बताए ।
बैंकले आफ्ना ग्राहकलाई अझै सहज, छिटोछरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको जनाएको छ । यो सेवाले ग्राहकहरुलाई आपतकालिन वित्तीय आवश्यकताहरु पूरा गर्न सहयोग गर्ने बैंकको विश्वास छ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको बैंकले जनाएको छ ।
‘यस सेवाले ग्राहकहरुको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकको हितमा रही विभिन्न नविनतम् सेवाहरु उपलब्ध गराउने योजना रहेको छ, ’बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ता, शाखा प्रबन्धक रोशन शर्मा लगायत कर्मचारीहरुको उपस्थितिमा कार्यक्रममा सेवा सुरु भएको हो ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम मोबाइल एप्लीकेसनलाई परिस्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ समेत सञ्चालनमा ल्याइसकिएको बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij