२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

पेशागत बीमा अभिकर्ता संघ एलआईसी नेपालको अध्यक्षमा अधिकारी

आइतवार , चैत्र १६, २०८१

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १७ चैत । पेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति, एल.आई.सी (नेपाल लिमिटेड) को अध्यक्षमा राम कुमार अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार मधेश प्रदेशको जनकपुरधाममा भएको चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा डिल्ली प्रसाद गडतौला, उपाध्यक्षमा गणेश प्रसाद साह, रामचन्द्र ढकाल, गोबिन्द प्रसाद गिरी र सचिवमा बैजनाथ चौधरी निर्वाचित भएका छन् ।

    त्यस्तै कोषाध्यक्षमा रमेश कुमार लामिछाने, सह–सचिवमा इन्द्र बहादुर थापा, हरेन्द्र पटेल, सह–कोपाध्यक्षमा कल्पना खडका तथा सह-सचिवमा कोपिला बस्नेत निर्वाचित भएका छन् ।

    सदस्यहरुमा शंकर तेली गुप्ता, ओमप्रकाश मण्डल, पुरन हितंगा, सन्तोषी महतो, दीपक कुमार पासी, नितेश कुमार प्रसाद, किशोरी पञ्जियार, चोक बहादुर भण्डारी, विन्दु कुमार श्रेष्ठ, दिनेश कुमार मौर्य निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता केशव कुमार यादवले जानकारी दिए ।

    WhatsApp Image 2025-03-30 at 11.50.06 AM.jpeg

    अधिवेशन परिचालन कमिटी बिमक समिति उपाध्यक्ष तथा संयोजक राम प्रसाद आचार्यले देशभरबाट १७६ जना बढी अभिकर्ताको सहभागीतामा अधिवेशन सम्पन्न भएको बताए । उनले नवनिर्वाचित कार्यसमितिलाई सपथग्रहण गराएका थिए ।

    वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद घिमिरेले अविधेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकोप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद एवं नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

    मधेस प्रदेशका प्रमुख सुजित ठाकुरको प्रमुख अतिथ्यता तथा जनकपुर शाखा प्रमुख स्वर्णलाल कर्णको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन बिमक समितिका सह–सचिव गोविन्द प्रसाद गिरीले गरेका थिए ।

    WhatsApp Image 2025-03-30 at 11.50.09 AM.jpeg
    WhatsApp Image 2025-03-30 at 11.50.08 AM.jpeg

    पहिलो बैठक जनकपुरधाममा

    अधिवेशन पश्चात जनकपुरधाम बसेकोपेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति, एल.आई.सी (नेपाल लिमिटेड) को प्रथम बैठकले अधिवेशन परिचालन कमिटी तथा उपस्थित सबैलाई धन्यवाद प्रस्ताव पारित गर्ने निर्णयगरेको छ ।

    बैठकले अधिवेशन परिचालन कमिटी बिमकको उपाध्यक्ष तथा संयोजक राम प्रसाद आचार्य, पूर्व कोषाध्यक्ष सुदर्शन मुडबरी र वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद घिमिरेलाई सल्लाहकारमा नियुक्त गरेको छ ।