२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

व्यवसायिक एकताका साथ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड

बिहिवार , चैत्र २०, २०८१

बुटवल, २१ चैत । तिलोत्तमा उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८२ सालको क्यालेण्डर प्रकाशन गरी विमोचन गरेको छ । संघले बिहीबार एक समारोहकाबीच क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरको संघका संस्थापक एवं निवर्तमान अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले विमोचन गरेका थिए । 

कार्यक्रममा संघका संस्थापक अध्यक्ष भण्डारीले संघले विगतदेखि भित्तेपात्रो प्रकाशन गर्दै आइरहेको बताउँदै यस वर्ष पनि निरन्तरता दिएकोमा वर्तमान नेतृत्वलाई धन्यवाद दिए । उनले संघले व्यवसायिक एकताका साथसाथै आर्थिक क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको बताए ।

संघका मानार्थ सदस्य हरिलाल पाण्डेले संघले हालसम्म खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई अझै क्रियाशिल बनाइराख्न सुझाव दिए । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अहिले व्यापार व्यवसायमा चुनौती थपिएको भन्दै व्यवसायिक एकताका साथ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रेस चौतारी, नेपालका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, सल्लाहकार कृष्णप्रसाद शर्मा, कार्यसमिति सदस्य शालिग्राम वोस्ती, वस्तुगत समितिबाट प्रकाश पोख्रेल, क्यालेण्डर प्रकाशन समितिका संयोजक रोमनाथ गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।