
मंगलवार , श्रावण २७, २०७७
भैरहवा, २७ साउन ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोट्रयाक्ट क्लब अफ भैरहवाको चौथौ पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२०/२१ को लागि सरिता रानाको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको छ ।
वर्ष २०२०/०२१ को निवर्तमान अध्यक्षमा किरण सापकोटा, प्रथम उपाध्यक्षमा लक्ष्मण रेग्मी, द्वितीय उपाध्यक्षमा अंकित पौडेल, सचिवमा करिम खान र कोषाध्यक्षमा अनुषा क्षेत्री रहेका छन् ।
त्यस्तै हेड अफ डाइरेक्टर्समा प्रविन राना, क्लब सर्भिस डाइरेक्टरमा आशिक श्रेष्ठ, कम्युनिटी सर्भिस डाइरेक्टरमा आकाश बस्याल, प्रोफेसनल सर्भिस डाइरेक्टरमा बबिता अर्याल, इन्टरनेशनल सर्भिस डाइरक्टेरमा सुनिल यादव, सजेन्ट एट आर्मसमा सिजन क्षेत्री, एडिटरमा विष्णु भट्टराई, रोटरी सिक्स एरियामा गोकर्ण कंडेल, इन्ट्रयाक्ट को–अर्डिनेटरमा बिल्लु यादव र साप को–अर्डिनेटरमा प्रदिप अर्याल रहेका छन् । त्यसै गरी क्लबको सल्लाहकारमा चक्रमणि आचार्य र संजिव रेग्मी रहेका छन् ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रकाश शर्माले वर्ष २०२०/२१ का अध्यक्ष सरिता रानालाई कलर लगाएर कार्यकालको जिम्मेवारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले क्लबले समाजको आवश्यकता पहिचान गरी त्यही अनुसार कार्यक्रम अगाडी बढाउनुपर्ने बताए । उनले प्रचारमुखी काम भन्दा पनि उपलब्धीमुलक कार्यक्रमहरुलाई प्राथमिकता दिन आग्रह गरे ।
त्यस्तै रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ २० का एजी तथा रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता, रोटरी क्लब अफ भैरहवा वर्ष २०२०/२१ का अध्यक्ष हरि शर्मा, रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान तत्कालिन जोन ११ का जेडआरआर तथा २०२०/२१ का एडीटी प्रकाश शर्मा, जोन ११ वर्ष २०२०/२१ का जेडआरआर दिनेश गैरे, डिष्ट्रिक ३२९२ नेपाल भुटानका असिष्टेन सेक्रेटरी आ.टी. आर लक्ष्मण खरेल, रोटरी क्लब अफ भैरहवाका पूर्व अध्यक्ष संजीव शर्मा रेग्मी, सिद्धार्थ विश्वज्योति मल्टीपर्पोज कम्पनी प्रा.लि.का अध्यक्ष दिनेशमान अमात्य लगायतले बोल्दै क्लबले रचनात्मक कामलाई अगाडी बढाउनुपर्ने र त्यसमा आफुहरुको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष किरण सापकोटाले आफ्नो कार्यकालमा सम्पन्न भएका कार्यहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका सदस्य तथा विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै वर्ष २०२०/२१ का अध्यक्ष सरिता रानाले आफ्नो कार्यकालमा हुने कार्यक्रमहरुको बारेमा जानकारी गराएकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij