२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणी–३ मा जसपाको टोल समिति गठन

मंगलवार , श्रावण २७, २०७७

भैरहवा, २७ साउन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा मंगलबार रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित कदमहवामा टोल समिति गठन गरिएको जसपाका युवा नेता विद्या यादवले बताए ।

अनिल यादवको अध्यक्षतामा गठन भएको ५१ सदस्यीय समितिको उपाध्यक्षमा शोभा पासी, रमेश चौधरी र मुन्द्रिका चौधरी रहेका छन् । त्यस्तै सचिवमा शिवशंकर चौधरी, कोषाध्यक्षमा महेश यादव र सह–सचिवमा समिरुन निशा रहेका छन् ।

रमेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, पार्टीका नेताहरु विद्या यादव, विजय चौधरी, रोहित सहानी, दिनेश यादव लगायतले बोल्दै दिनप्रतिदिन जसपाप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।