२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं, ४ वैशाख । पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । 

उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषीलाई गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि बिभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको उनले बताए ।

अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यक्रममा कमसल सामग्री प्रयोग गरिएको लगायतका भ्रष्टाचारका काम देखिएको लिङ्देनले बताए । 

उपसमितिले विमानस्थललाई पूर्ण रुपमा निर्माण गरेर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ ।