२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

अपांगता भएका व्यक्तिलाई मदिरा व्यवसायी संघ भैरहवाको सहयोग

शनिवार , बैशाख ६, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ६ वैशाख । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग (राहत वितरण) गरेको छ । संघले शुक्रबार भैरहवामा एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो । 

    गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का ५० वर्षिय तुल बहादुर वि.क.लाई नगद रु. २१ हजार प्रदान गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले बताए । ‘स्थापनाकालदेखि नै संघले सामाजिक कार्य गर्दै आएको छ, तुल बहादुर वि.क.लाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम प्रदान गरेका छौं, उनले भने–‘यो रकमको उहाँले सदुपयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

    संघका सल्लाहकार खिम बहादुर खत्रीले संघले सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताए । शारीरिक अपांगता भएका वि.क. मधुमेह रोगबाट पनि पीडित छन् ।

    राहत वितरण कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डे, संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, सचिव तेज बहादुर खत्री, कोषाध्यक्ष सुन्दर भण्डारी, सल्लाहकार खिम बहादुर खत्री र ठाकुर कुमार श्रेष्ठको उपस्थिति थियो ।