२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान

मंगलवार , श्रावण २७, २०७७

भैरहवा, २७ साउन ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका विपन्न परिवारलाई युवाहरुले खाद्यान्न सामाग्री प्रदान गरेका छन् ।

युवा समाजसेवी चन्दन तिवारीको नेतृत्वमा द्धारिकानाथ तेली, मनोहर पासी, बृजेश मल्लाह, दुर्गेश मल्लाह र प्रदीप नाउले कोटहीमाई गाउँपालिका वडा नम्बर १ अन्तर्गत बोगदिया, अमरगंजवा र परसपुरका १९ घरपरिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेका हुन् ।

कृष्णजन्माष्टमीको अवसर पारेर विपन्न परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले मंगलबार चामल, दाल, आटा, नुन, सोयाबीन, तेल, मसाला लगायत खाद्यान्न सामाग्री प्रदान गरिएको चन्दन तिवारीले बताए ।