२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन शिक्षकलाई रोहिणीको निर्देशन

शनिवार , बैशाख १३, २०८२

भैरहवा, १३ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिकाले अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको हो ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले १४ गतेदेखि शिक्षकहरुलाई अनिवार्य रुपमा उपस्थिति भइ नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन क्रियाकलाप अगाडि बढाउन निर्देशित गरिएको बताए । यो निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्रात्रिकारभित्र रही आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष यादवले बताए । 

‘नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ चैत २० गतेदेखि निरन्तर शिक्षक कर्मचारी आन्दोलन रहेको छ । लामो समयको आन्दोलनले गर्दा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक भविष्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव परिरहेको अवस्था छ, ’उनले भने ।