२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ उवासंघको टोली अध्ययन अवलोकन भ्रमणमा

शुक्रवार , बैशाख १९, २०८२

पोखरा, १९ वैशाख । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आफ्नो तीनदिने अध्ययन अवलोकन भ्रमण तथा  वार्षिक योजना कार्यशाला तर्जुमाका लागि शुक्रबार बाग्लुङ पुगेको छ । बिहीबारदेखि सुरु भएको अध्ययन अवलोकन भ्रमणमा गण्डकी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायी संघ भेटघाट, छलफल र अन्तरक्रिया गर्दै बाग्लुङ पुगेको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए ।

संघले बिहीबार वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जा, भीरकोट उद्योग वाणिज्य संघ, स्याङ्जा, स्याङ्जा उद्योग वाणिज्य संघ, स्याङ्जा, पोखरा उद्योग वाणिज्य संघ, पोखरा संग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।  पर्वत, म्याग्दी र बाग्लुङका उद्योग वाणिज्य संघ संग शनिवार भेटघाट गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको सचिवालयले जनाएको छ ।

अध्ययन अवलोकन भ्रमणले विभिन्न उद्योग वाणिज्य संघहरुको अवस्था तथा काम र कार्यक्रमहरुको विषयमा जानकारी दिने र लिने कार्य हुने गरेको संघका अध्यक्ष आचार्यले बताए ।

देशको आर्थिक अवस्था सहजीकरणका लागि साझा पहल गर्ने, विचार तथा सीप आदानप्रदान गर्ने भ्रमणको उद्देश्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

देशको आर्थिक मेरुदण्डको रुपमा रहेका रुपन्देहीलाई संस्थागत गर्न, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुँंग अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्न सुरु गरिएको निवर्तमान अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

sicc.jpg

भ्रमण टोलीमा सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति, पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरु गरी ४४ जनाको सहभागीता रहेको संघका महासचिव कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।