२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

शुक्रवार , बैशाख १९, २०८२

पोखरा, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय समितिको आगामी निर्वाचनमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको टोलीसँग अध्ययन अवलोकन भ्रमण तथा  वार्षिक योजना कार्यशाला तर्जुमा गर्न जाने क्रममा शर्माले आफ्नो जन्मस्थल स्याङ्जामा पुगेर उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

fncci .jpg

उनको उम्मेदवारी घोषणासँगै स्याङ्जाका वालिङ उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ र स्याङ्जा उद्योग वाणिज्य संघले सर्मथन तथा प्रस्ताव गरेका छन् । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नवदत्त अर्याल र स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले शर्माको उम्मेदवारीमा संस्थागत सर्मथन गर्दै शर्मालाई विजय बनाउनका लागि पहल गर्ने बताएका छन् ।

शर्माले उम्मेदवारी घोषणा गरेसँगै पोखरा उद्योग वाणिज्य संघले पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवन प्रजापतिले बताए ।

शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै नेपाल उद्योग वाणिज्य महासंघको पाँच कार्यकाल केन्द्रिय सदस्य र अहिले दोस्रो कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षको जिम्मेवारीमा छन्।