
सोमवार , बैशाख २२, २०८२
काठमाडौं, २२ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । सोमबार (आज) बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् ।
सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुने गरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij