२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर नगरपालिकाका प्रमुख–उपप्रमुख बैंककमा

शनिवार , बैशाख २७, २०८२

भैरहवा, २७ वैशाख । २५६९ बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नग प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारी थाईल्याण्डको राजधानी बैंकक गएका छन् ।

बैंककस्थित नेपाली राजदूतावासले आयोजना गरेको विशेष कार्यक्रम ‘लुम्बिनी, नेपाल–भगवान बुद्धको जन्मस्थल, विश्व शान्तिको उद्गम स्थल’ मा सहभागी हुन नगरप्रमुख खाँ शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन । उपप्रमुख अधिकारी शुक्रबार गएकी हुन् ।  

कार्यक्रम आइतबार र सोमबार आयोजना गरिएको छ । कार्यक्रममा युनाइटेड किंगडमका प्रख्यात पुरातत्वविद् प्रोफेसर रबिन कनिङ्घमले लुम्बिनीको ऐतिहासिक तथा पुरातात्विक महत्वबारे विशेष प्रस्तुति दिनेछन । 
साथै, परम पूज्य भान्ते डा. अनिलमान शाक्यले भगवान बुद्धको जीवन र शिक्षाहरू र प्रबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको आध्यात्मिक सान्दर्भिकताका बारेमा आफ्नो अन्तर्दृष्टि प्रस्तुत गर्नेछन ।

कार्यक्रमले भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको विश्वव्यापी केन्द्रको रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।