२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुद्ध जयन्तीको पूर्व संध्यामा पनि सुनसान लुम्बिनी

शनिवार , बैशाख २७, २०८२

लुम्बिनी । २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी बिकास कोषले एक करोड बजेट खर्च गरेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस मनाउने तयारी गरेपनि लुम्बिनीमा भने बिगतको तुलनामा सुनसान देखिएको छ । 

लुम्बिनी बिकास कोषको आयोजनामा बैशाख २९ गते २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी मनाउने कार्यक्रम छ । बुद्ध जयन्ती नजिकिए पनि लुम्बिनीमा सदाझैँ चहलपहल भने देखिएको छैन । 

लुम्बिनी बिकास कोषका पदाधिकारीको बेमेलका कारण लुम्बिनीको उपदेयता नै हराउदै गएको बिश्लेशण गर्न शुरु गरिएको छ । कोषका उपाध्यक्ष देखि योजनाप्रमुख सम्मका पदाधिकारीवीच पछिल्लो समय लुम्बिनीको बिकासमा नै असर पर्ने गरी चारतिर फर्किएका छन् । जसका कारण लुम्बिनीका महत्वपुर्ण काम समेत अन्यौलमा परेका छन् । 

बिगतमा बुद्ध जयन्तीको आवसरमा सरसफाई देखि साजसज्जामा बिशेष ध्यान दिन गरेकोमा यसबर्ष भने अहिलेसम्म आन्तरिक तयारी बाहेक बाहिर देखिने गरी खासै तयारी गरिएको छैन् । लुम्बिनीमा निर्माणाधिन सडक पुर्वाधारदेखि गेटसम्मले लुम्बिनीलाई गिज्याईरहेको छ । लुम्बिनीमा १५ दिन अघि सम्पन्न चौथो एसियाली बौद्ध सास्कृतिक कार्यक्रमका व्यानर अहिलेसम्म हटाईएको छैन् । 

लुम्बिनी अवलोकनमा पुगेका रुपन्देही तिलोत्तमाका गौतम भुषालले लुम्बिनीमा बुद्ध जयन्तीको कुनै रौनक नदेखिएको बताए । बिगतका बर्षहरुमा लुम्बिनीमा यतिबेला छुट्टै खालको रौनक हुन्थ्यो, उनले भने अहिले त लुम्बिनीको पर्साचोकमा निर्माण गरिएको गेटको सामान्य रंगरोहन समेत गरिएको छै । उनका अनुसार लुम्बिनी पुग्ने जो कोहिले पनि लुम्बिनी पुग्दैछौं भन्ने महशुष गर्नु पर्ने हो, बुद्ध भुमि पुग्दैछौं भन्ने सन्देश दिने खालका सामान्य संरचना भएपनि हुनु पर्ने हो, तर, त्यस्तो केहि देखिएको छैन् । 

लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको जानकारी दिएको छ । कोषले शनिबार पत्रकार सम्मेलन गरी एक करोड खर्च गरेर रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म बिभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने बताएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्ले बुद्धजयन्तीको आबश्यक तयारी थालिएको बताए । उनले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई भव्य रुपमा मनाउनका लागि आन्तरिक तयारी अन्तिम तयारी पुरा गरिएको र सरसफाई र साजसज्जाको काम पनि  थालिएको बताए । 

लुम्बिनीमा आयोजित लुम्बिनी दिवसको मुल समारोह प्रधानमन्त्री र पर्यटनमन्त्रीको उपस्थितीमा भव्य रुपमा मनाउने सदस्य सचिव शाक्यको भनाई छ । 

गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन भएकाले पनि यो दिनलाई विशेष महत्वको रुपमा लिने गरिएको छ ।