२०८३, आषाढ १७ गते

Jul 01 2026 | २०८३, आषाढ १७ गते

टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै २ कम्पनीसहित १८ प्रतिवादी बनाइ मुद्दा दर्ता

बिहिवार , जेठ २, २०८२

  • 805
    Shares
  • 805
    Shares
  • काठमाडौं, १ जेठ ।अख्तियार दुरुपयोग अुनसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


    आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै १६ जना र २ कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहन बस्नेत समेत छन्। विशेष अदालतका शाखा अधिकृत प्रकाशनारायण श्रेष्ठकाअनुसार पूर्वमन्त्री बस्नेतसहित सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो । यस्तै, उपनिर्देशक अच्युतानन्द मिश्र, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश  बस्नेत, हिरण्यप्रसाद बस्ताकोटीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यस्तै प्रतिवादीहरुमा जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् ।  


    उनले भने, “टेरामक्स खरीद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगले हालसालै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसका प्रतिवादीहरु १८ जना छन् । त्यसमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालिन मन्त्री हाल प्रतिनिधि सभा सदस्य माननीय मोहनबहादुर बस्नेत, सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दीपेश आचार्य, संदिप अधिकारी,उपनिर्देशक अच्युतानन्द मिश्र, विजय कुमार राय, रेवतीराम पन्थ, सुरेश  बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, जमाल अनौती, एजेन्ट दिलिपकुमार गुरुङ, तेजप्रसाद खरेल रहेका छन् ।” उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको अदालतले जनाएको छ ।