२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं, २ जेठ । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमतिपत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । 
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । यसअघि सन् २०२३ अक्टोबरमा जापान सरकारसँग यो परियोजनाको कार्यान्वयनका लागि रु.३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो । 

सहमतिपत्रमा हस्ताक्षर लगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता भएको थियो ।