
शुक्रवार , जेठ १०, २०८२
काठमाडौं, ९ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवद्र्धन लगायतका विषयमा परामर्श गर्नुभएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij