
बुधबारदेखि रुकुम पश्चिमको सदरमुकाम भदौ २ सम्म सिल
मंगलवार , श्रावण २७, २०७७
रुकुम, २७ साउन ।
रुकुम पश्चिममा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मंगलबार मुसिकोट नगरपालिका–६ का ३४ वर्सिय पुरुषमा संक्रमण देखिएको हो । उनी मुसिकोटमा कपाल काट्दै आएका थिए । उनले पनि अन्य ब्यक्तिलाई सारेको हुन सक्ने भन्दै कन्ट्रयाक्ट गर्न थालिएको छ । उनलाई पनि कसैले सारेको हुन सक्ने अनुमान गरिएको छ ।
संक्रमित संख्या थपिदै गएपछि सदरमुकाम खलंगा बजार सिल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सदरमुकाम खलंगा बजार सिल गरिएको जनाएको हो ।
पछिल्लो पटक थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सदरमुकाम लगायत आसपासका क्षेत्रमा संक्रमणको जोखिम बढेकाले बुधबार बिहान ४ बजेदेखि आगामी भदौ २ गत्ते मंगलबार राती १२ बजेसम्मका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलंगा बजार हुँदै सितलपोखरी चोकसम्म र पिपलनेटादेखि सेरीगाउँ हुँदै मुसिकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयसम्मको चारकिल्ला क्षेत्रभित्र सिल गरिएको हो ।
यस अवधीमा सिल गरिएका क्षेत्रमा अत्यावश्यक बाहेका अन्य सबै सेवा बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिल गरिएको क्षेत्रमा रहेका सबै होटल तथा पसल, सार्वजनिक तथा नीजि यातायातका साधनहरु सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस अवधीमा अन्यावश्यक काम नपरी हिड्डुल गर्न पनि निशेषज्ञा गरिएको पनि प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । पास लिएका सवारीसाधनहरु, एम्बुलेस, शवबाहन, शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुर सञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास पेट्रोलिमय पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपुती, विपद सम्बन्धि लगायतका अत्यावश्यक सेवाहरु मात्र सूचारु हुनेछन् ।
जिल्ला प्रशासनको निर्णयको उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । यसैबीच कोरोना संक्रमण बढिरहेको यो अवस्थामा घरमै बसी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जिल्लाबासीहरुलाई आग्रह समेत गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij