२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बजेटबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ

मंगलवार , जेठ १४, २०८२

काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गर्नुभएको छ । 

सरकारले संवैधानिक व्यवस्था अनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।