२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘भविष्यका उद्यमीहरु’ विषयमा चर्चा

बिहिवार , जेठ १६, २०८२

भैरहवा, १५ जेठ । महालक्ष्मी विकास बैंक लि.ले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले बुधबार रुपन्देहीको भैरहवामा फ्यूचर इन्ट्रप्रेनर–२०२५ ‘भविष्यका उद्यमीहरु’बारे विद्यार्थीहरुबीच छलफल कार्यक्रम (प्रतियोगिता) गरिएको छ ।

कार्यक्रममा ६ वटा क्याम्पसले सहभागीता जनाएका थिए । जसमध्ये भैरहवा बहुमुखी क्याम्पस प्रथम, बुटवल बहुमुखी क्याम्पस द्वितीय र क्षितिज इन्टरनेशनल कलेज तृतीय भएको बैंकको भैरहवा शाखा प्रबन्धक रोशन शर्माले बताउनुभयो । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

बैंकको लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले वार्षिकोत्सवमा केही नयाँ कार्यक्रम गरौं भन्ने सोचका साथ यो कार्यक्रम गरिएको बताउनुभयो । ‘विदेश नै जानुपर्छ भन्ने युवा तथा विद्यार्थीहरुको सोच छ, तर नेपालमै बसेर पनि केही गर्न सकिन्छ, यहाँ पनि सम्भावना छन् भन्ने सन्देश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं, ’उहाँले भन्नुभयो । महालक्ष्मी विकास बैंकको नेपालमा १०३ वटा र लुम्बिनी प्रदेशमा ११ वटा शाखा रहेको गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा निर्णायकको भूमिकामा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवाल र अर्थशास्त्री, अनुसन्धानकर्ता एवं लेक्चरर सुरज घिमिरे रहनुभएको थियो । 

500711743_1133611008798497_2777434144143410279_n (1).jpg

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रमेश आचार्यको प्रमुख आतिथ्यता, सिद्धार्थ उद्योग वाणिज्य संघका सल्लाहकार विजय पाण्डे लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

WhatsApp Image 2025-05-29 at 10.22.02 PM.jpeg