२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ उवासंघद्वारा मानवसेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

शुक्रवार , जेठ १७, २०८२

भैरहवा, १६ जेठ । १८ औं गणतन्त्र दिवसको अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले तिलोत्तमा नगरपालिकास्थित मानवसेवा आश्रमलाई सहयोग गरेको छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गत संघले आश्रममा नगद हस्तान्तरण गरेको हो । 

बिहीबार एक कार्यक्रमकाबीच संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले मानवसेवा आश्रम लुम्बिनी प्रदेश अध्यक्ष सरु अधिकारीलाई ७७ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरणपछि बोल्दै अध्यक्ष आचार्यले नगद सहयोग हस्तान्तरणमा सहयोग गर्ने संघका सम्पूर्ण कार्यसमिति सदस्यलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मानवसेवा आश्रमले गरेको यो मानव सेवा पवित्र कार्य भएको बताउनुभयो ।

आश्रमकी प्रदेश अध्यक्ष सरु अधिकारीले सिद्धार्थ उद्योग वाणिज्य संघले गरेको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आश्रमले सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कूल प्रसाद न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, आश्रमकी जिल्ला संयोजक टीका माया थापा, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, उद्योग उपाध्यक्ष गोविन्द ज्ञवाली, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष कमल प्रसाद मरासिनी, सह–कोषाध्यक्ष पल्लवी न्यौपाने, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सचिव शशि पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरू, सल्लाहकारलगायतको उपस्थिति थियो ।