२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

आइतवार , जेठ १९, २०८२

भैरहवा, १८ जेठ । बाँकेको नेपालगंजमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । ६५ वर्षिय रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहियाबाट पक्राउ गरेको हो ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत एवं पटकपटक सञ्चालक समिति अध्यक्ष पदमा रही उक्त बैंकमा संकलन भएको बचतकर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरेको रायमाथि आरोप छ । राय फरार थिए ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले बताए ।