२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा व्यापार संघले मनायो विश्व वातावरण दिवस

बिहिवार , जेठ २३, २०८२

तिलोत्तमा, २२ जेठ । तिलोत्तमा व्यापार संघले करहिया सामुदायिक वनमा विश्व वातावरण दिवस मनाएको छ । करहिया सामुदायिक वनमा रहेको लोपोन्मुख प्लास जातको फुलको बोटमा मलजल गरी व्यापार संघले विश्व वातावरण दिवस मनाएको हो । करहिया सामुदायिक वनमा संघले तिलोत्तमा व्यापार संघ पार्क निर्माण गरेको छ । जहाँ संघकै पहलमा लोपोन्मुख प्लास जातको फुलको विरुवा लगाइएको छ ।

सोही ठाउँमा विश्व वातावरण दिवस मनाउँदै संघले लोपोन्मुख उक्त फुलको संरक्षणका लागि पहल गरेको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममाथि प्रकाश पार्दै न्यौपानेले विश्व वातावरण दिवस विगतदेखि नै संघले मनाउँदै आएको जानकारी दिदै गतवर्ष लगाइएका लोपोन्मुख फुलका बिरुवालाई यसवर्ष मलजल गरी संरक्षणका लागि जोड दिएको बताउनुभयो । उहाँले करहिया सामुदायिक वनले बिरुवा संरक्षण गरेको भन्दै धन्यवाद दिनुभयो ।

कार्यक्रममा करिहया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले वातावरण जोगाउनु सबैको उत्तिकै दायित्व रहेको भन्दै संघले गरेको यस खालको कार्यले सामुदायिक वनकै शोभा बढाएको बताउनुभयो । 
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष मानबहादुर बर्मा र महासचिव चेतनारायण विश्वकर्माले वातावरण जोगाउने उद्देश्यले संघले सन्देशमूलक कार्यक्रम गरेको जानकारी दिनुभएको थियो ।