२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सामूदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

सोमवार , जेठ २७, २०८२

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, २६ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकाले सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । गाउँपालिकाले सोमबार रोहिणी–३ सिसहनियास्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय (बाल विकास केन्द्र शाखा) मा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले झोला पाएपछि विद्यार्थीहरु पठनपाठनतर्फ थप आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

    झोला वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन, प्रवक्ता एवं वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, शाखा अधिकृत कर्ण कुमार क्षेत्री,विद्यालयका प्रधानाध्यापक अब्दुल हलिम खाँ लगायतको उपस्थिति थियो ।

    IMG_6962.JPG