२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सुत्केरीलाई पोषण सामग्री वितरण

बुधवार , जेठ २९, २०८२

  • 631
    Shares
  • 631
    Shares
  • भैरहवा, २८ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा समितिको कार्यालय वडा नम्बर २ ले सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरेको छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमकाबीच सामग्री वितरण गरेको हो ।

    कार्यक्रममा २५ जनालाई पोषण सामग्री वितरण गरिएको सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताउनुभयो । कार्यक्रममा प्रहरी चौकी मेउडिहवाका प्रमुख खिम बहादुर खत्री, सिद्धार्थनगर नगरपालिकाका पूर्व कार्यपालिका सदस्य इन्दिरा देवी क्षेत्रीलगायतले बोल्नुभएको थियो ।

    WhatsApp Image 2025-06-10 at 7.40.05 PM.jpeg

    वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षता, वडा सदस्य कञ्चन थापाको स्वागत तथा वडा सचिव हिरा बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।