२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

गर्मी बढेपछि रोहिणीमा तीन दिन विद्यालय बिदा

बुधवार , जेठ २९, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २८ जेठ । अत्याधिक गर्मी भएपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले तीन दिन विद्यालय बिदा दिएको छ । अत्याधिक गर्मी हुँदा विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेकोले तीन दिन बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

    अध्यक्ष यादवका अनुसार विद्यालय जेठ २९ देखि ३१ गतेसम्म रोहिणी गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा विद्यालय बन्द रहनेछ ।