२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर रोकिन्छ : पूर्वगभर्नर नेपाल

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताउनुभएको हो ।

जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उहाँको भनाइ छ । सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।

उहाँले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले विकास देशभित्र गर्नसक्यौँ भने कसैलाई रोक्नु पर्दैन, उनीहरु आफैं फर्किन्छन् । यो संसारमा कोही पनि फकाएर रोकेर आउनेवाला छैन । आफ्नो सुन्दर भविष्यको लागि गएको जमात हो । देशमा यस्तो वातावरण बनाउनुप¥यो कि उनीहरु फर्केर आओस् ।  

भारतमा राजिव गान्धी प्रधानमन्त्री हुँदाखेरी जतिबेला त्यहाँको आर्मीले कू गर्यो । पछि भारतले आफ्नो देशका नागरिक जुनसुकै देशमा भएपनि तपाईंहरुको सुरक्षा भारत सरकारले गर्छ भनिसकेपछि भारतको नीतिमै परिवर्तन भयो । पछि संसारभर रहेका भारतीय मूलका व्यक्तिहरुले भारततिर हेर्न थाले । यसको मतलव देशले आहन पनि गर्ने, नीतिगत परिवर्तन पनि गर्ने र उनीहरुलाई राष्ट्रप्रतिको प्रेम अनुभव पनि हुने नीति अपनाउनुपर्छ ।’