
बिहिवार , जेठ ३०, २०८२
भैरहवा, २९ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकाले झुल वितरण गरेको छ । गाउँपालिकाले बिहीबार रोहिणी–६ स्थित पर्सामा स्थानीयलाई झुल वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गर्मीमा लामखुट्टेको टोकाइबाट मानिसमा विभिन्न प्रकारका रोग लाग्न सक्ने भएकाले ती रोगबाट बचाउन झुल वितरण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
त्यस्तै रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले स्थानीय बासिन्दालाई लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बचाउन झुल वितरण गरिएको बताउनुभयो ।
रोहिणी गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा देवेन्द्र कुमार मिश्रा, गंगा प्रसाद लोनिया, छोटेलाल अग्रहरी, श्याम धवल लगायतको उपस्थिति थियो । कार्यक्रममा २ सय जनालाई झुल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij