
शुक्रवार , जेठ ३१, २०८२
काठमाडौं, ३० जेठ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिरहँदा राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त भएको आरोप लगाउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले सात दशक लामो संघर्षबाट प्राप्त गणतन्त्रको इतिहास स्वर्णिम रहेको बताउनुभएको हो । उहाँले जसरी एकतावद्ध भएर राजनीतिक परिवर्तन ग¥यौं त्यसरी नै आर्थिक, सामाजिक रुपान्तरणसँगै मुलुकलाई गरिबी, बेरोजगारी र कुशासनको दुष्चक्रबाट बाहिर निकाल्न सक्यौं त भन्दै प्रश्न गर्नुभयो ।
सांसद साहले संविधानको भावना र मर्मअनुरुप कति काम ग¥यौं, आत्मसमीक्षा गर्दै इतिहास गर्विलो बनाउने कि भावी पिढींले धिक्कार्ने खालको बनाउने भन्ने प्रश्न सबैका सामु रहेको स्पष्ट पार्नुभयो । वर्तमानमा राजनीतिक छिनाझपटी, स्वार्थ, पदलोलुपता र बदला प्रदर्शनका कारण व्यवस्थाप्रति नै जनअसन्तोष बढ्दै गएको उहाँको दाबी थियो ।
उहाँले भन्नुभयो, ‘मनसुन सुरु भएको छ । जाजरकोट, बाजुरा, बझाङ, सिन्धुपाल्चोकलगायतका जिल्लाहरुमा विगतमा भएका प्राकृतिक विपत्तिका घटनाबाट प्रभावितहरुको पुनःस्थापना अझै पूर्ण रुपले हुनसकेको छैन । प्रकृति आफ्नो नियमित चक्रमा हिँड्छ र हिडिरहन्छ । सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व तयारी गरियोस् । बाजुरा र अछामका आगलागी पीडितहरुको पुनःस्थापनाका लागि सरकारले के कस्ता कदम चालेको छ यसको पनि सम्माननीय अध्यक्षमार्फत सरकारसँग जवाफ माग गर्दछु । आज बिहानमात्र इजरायलले इरानको आणविक प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ प्यालेस्टाइनसँगको युद्ध जारी नै छ ।
यस्ता घटनाले युद्धको खतरा बढीरहेको र विश्व क्रमशः अशान्त हुँदै गएको बताउँछ । यसको नकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा परिरहेको छ । विश्व आर्थिक मन्दीतर्फ अग्रसर छ । विश्व घटना र विश्व अर्थ व्यवस्थाको प्रभावबाट हाम्रोजस्तो परनिर्भर अर्थतन्त्र भएको देश अछुतो रहन सक्दैन । यस मानेमा हामीमाथि आर्थिक चुनौति थपिएका छन् । समयमै सही ढंगले यी चुनौतिहरुको सामना गर्न उचित उपायहरु अवलम्बन गर्न सकेनौं भने प्राप्त उपलब्धीहरुको रक्षा गर्न हम्मेहम्मे पर्नेछ ।
एकातिर विश्व अर्थव्यवस्थाले सिर्जना गरेका चुनौतिहरुको सामना गर्दै मुलुकलाई आत्मनिर्भरतानिर डो¥याउनु छ भने अर्कोतर्फ मुलुक दक्षिणपन्थी दिशातर्फ अग्रसर भइरहेको छ । लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिइरहेको छ । अर्कातिर राजनीतिक नेतृत्व रोमको राजा झैं आफैंमा मस्त छ । सात दशक लामो संघर्षबाट हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौं । संघर्ष र सफलताको इतिहास स्वर्णिम छ यसप्रति हामी गौरब गर्छौं ।
तर के वर्तमानप्रति पनि हामीले गौरब गर्न सकेका छौं त ? जसरी एकताबद्ध भएर राजनीतिक परिवर्तन ग¥यौं त्यसरी नै आर्थिक सामाजिक रुपान्तरण गर्न सक्यौं त ? परनिर्भरताबाट बाहिर निस्कन सक्यौं ? मुलुकलाई गरिबी, वेरोजगारी र कुशासनको दुष्चक्रबाट बाहिर निकाल्न सक्यौं ? संविधानको भावना र मर्मअनुरुप कति काम ग¥यौं ? आत्मसमीक्षा र आत्ममूल्यांकन गरौं । इतिहास गर्विलो बनाउने कि भावी पीढिले धिक्कार्ने खालको बनाउने ? यो प्रश्न हामी सबैका सामु छ । राजनीतिक नेतृत्वले यसको जवाफ दिनुपर्छ । अहमता, मपाई र देखाइदिने प्रवृत्तिले मुलुकलाई दिनप्रतिदिन ठूलो नोक्सान भइरहेको छ ।
देश जले जलोस् तर मेरो अहंममा ठेस लाग्नु भएन, मेरो आलोचक कोही जीवित रहनुभएन । यस्तो खालको मनोवृत्ति, राजनीतिक छिनाझपटी, स्वार्थ, पदलोलुपता र बदला प्रदर्शनले जनता वाक्क दिक्क भएका छन्, जनअसन्तोष बढ्दै गएको छ ।’उहाँले राजनीतिक वृत्तमा अहंता, मपाइत्व र देखाइदिने प्रवृत्तिका कारण मुलुकले दिनप्रतिदिन ठूलो नोक्शानी व्यहोर्नु परिरहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij