२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणी–४ मा स्थानीयलाई झुल वितरण

शुक्रवार , जेठ ३१, २०८२

भैरहवा, ३० जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकाले स्थानीयलाई झुल वितरण गरेको छ । गाउँपालिकाले शुक्रबार रोहिणी–४ स्थित पक्डिहवामा १७२ जनालाई झुल वितरण गरेको हो । 

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गर्मीमा लामखुट्टेको टोकाइबाट मानिसमा विभिन्न प्रकारका रोग लाग्न सक्ने भएकाले ती रोगबाट बचाउन झुल वितरण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा रोहिणी गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्री, समाजसेवी कान्छा कोहार, गंगा प्रसाद लोनिया लगायतको उपस्थिति थियो ।