२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

लुम्बिनी मन्त्रीपरिषद् बैठक : बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति प्रदान

आइतवार , आषाढ १, २०८२

दाङ, १ असार । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट वक्तव्यसहित ६ वटा महत्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ । राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेश गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । 

बैठकले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

बैठकले ‘प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२’ लाई स्वीकृति दिएको छ । यस नियमावलीले प्रशासनिक सुधार र कार्यक्षमता बढाउने विश्वास लिइएको छ । बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्डमा गरिएको पहिलो संशोधनलाई पनि बैठकले पारित गरेको छ ।

यसका साथै, प्रदेश सञ्चित कोषबाट खर्च र विनियोजन सम्बन्धी विधेयक, र आर्थिक प्रस्ताव कार्यान्वयन गर्न आवश्यक  विधेयकको मस्यौदालाई पनि प्रदेश सभामा पेस गर्न स्वीकृति दिइएको छ ।
त्यस्तै ‘सामयिक कर असुली ऐन, २०८२’ अन्तर्गत जारी गरिएको सूचित आदेशलाई पनि बैठकले अनुमोदन गरेको छ ।