२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–४ मा निःशुल्क स्वास्थ्य शिविर, २५० बढीले लिए सेवा

मंगलवार , आषाढ ३, २०८२

भैरहवा, ३ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा मंगलबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी डाग्नोष्टिक एण्ड ल्याब सिद्धार्थनगर–८, लुम्बिनीरोडको प्राविधिक सहयोगमा भएको दोगहरामा भएको शिविरमा मधुमेह (सुगर), हेमोग्लोबिन, थाइराइड र युरिन परीक्षण गरिएको थियो ।

शिविरमा २५० जना बढीले सेवा लिएको वडा कार्यालयले जनाएको छ । शिविरमा बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

IMG_7465.JPG

शिविरको उद्घाटन गर्दै सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले भौतिक विकाससँगै वडा कार्यालयले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले स्वास्थ्य नै मानिसको धन भएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका यादवले स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बास हुने बताउनुभयो ।

वडा सदस्य हरि बहादुर के.सी.ले स्वास्थ्य शिविर आगामी दिनमा पनि आयोजना गरिने बताउनुभयो ।

वडा सदस्य हरि बहादुर के.सी.को अध्यक्षता, कार्यक्रम संयोजक एवं वडा सदस्य सईद अहमद धुनियाको स्वागत तथा कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा भएको कार्यक्रममा वडा सचिव धनेश चन्द्र गुरुङ, शैलेष उपाध्याय, गुड्डु खान लगायतको उपस्थिति थियो ।