
शुक्रवार , आषाढ ६, २०८२
काठमाडौं, ६ असार । खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताउनुभएको छ ।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन ग¥यो भन्ने आरोप प्रमाािण्त गरेर देखाउन चुनौति दिनुभएको हो । उहाँले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाउनुभएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताउनु भयो । अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताउनु भयो ।
मन्त्री यादवले भन्नुभयो, ‘यहाँ धेरै लालपूर्जाकरहरु नेता हुनुहुन्छ । एक जना संघीय पार्टीमा काम गरेका थियौँ । अलग भए । एकदिन प्रेस मिट गरिराख्नुभएको थियो । माननीय मन्त्रीहरुले सत्रमुखी बजेट बनायो । जिल्लामा सबै पैसा लग्यो । आफू बिना मन्त्री कहिल्यै नरहने, जहिले पनि सरकारमा जाँदा आफू नै मन्त्री जाने, प्रश्ताव आउँदा प्रचण्डजीले त मलाई खोजिरहनुभएको छ, ओलीको सरकार हुँदा ओलीजीले मलाई खोज्नुभएछ, शेरबहादुर देउवाजीको सरकार हुँदो शेरबहादुर देउवाजीले मलाई खोज्नुभएछ ।
एउटै व्यक्ति होला उपेन्द्र यादव, अरु कोही नहोला । उहाँले सबै मन्त्रीहरुले आफूकेन्द्रित बजेट बनाएछन्, यो त बजेट नै राम्रो छैन । जब की यसपालिको सरकारले बनाएको बजेट ऐतिहासिक छ । सिंचाई होस्, किसान, व्यवसायी, युवा, उद्योगीको कुरा होस् । सबैलाई समेट्ने बजेट । उहाँले मन्त्रीमुखी बजेट भन्नुभयो । म उहाँलाई चुनौति दिन चाहन्छु, मन्त्री म पनि छु, रेडबुक हेर्नुस् । प्रदीप यादवको क्षेत्रमा मैले कहाँ बजेट लगेको छु देखाइदिनुस् । म तपाईंलाई चुनौति दिन चाहन्छु । मैले आफ्नो क्षेत्रमा बजेट लगेको छैन ।’
मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाई, कृषि, व्यवसायी, युवा, उद्यमीहरु सबैलाई समेटेर ल्याएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij