२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

जनप्रतिनिधिको तलब सामाजिक कार्यमा

बुधवार , आषाढ ११, २०८२

भैरहवा, ११ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिनित कुमार बेरीवालले आफूले पाउँदै आएको सेवासुविधा (तलब) सामाजिक कार्यमा लगानी गर्नुभएको छ । वडा सदस्यमा निर्वाचित भएदेखि नै उहाँले मासिक रुपमा पाउँदै आएको तलब÷भत्ता सामाजिक कार्यमा खर्चिनुभएको छ ।

‘सेवा नै धर्म, जल नै जीवन हो’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै वडा सदस्य बेरीवालले आफ्नो आमा स्वर्गीय अन्जु देवी बेरीवालको सम्झनामा दुई स्थानमा वाटरकुलर प्लस वाटर प्युरिफायर जडान गर्नुभएको छ । गर्मीको समयमा स्थानीयबासीलाई शुद्ध र चिसो पानीको व्यवस्थाका लागि वाटरकुलर प्लस वाटर प्युरिफायर जडान गरेको बेरिवालले बताउनुभयो ।

WhatsApp Image 2025-06-20 at 8.42.53 PM (1).jpeg

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका महासचिव तथा मारवाडी युवा मञ्च भैरहवाका निवर्तमान अध्यक्ष समेत रहनुभएका बेरीवालले गत जेठ ७ गते सिद्धार्थनगर–८ स्थित श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयमा १५० लिटर क्षमताको वाटर कुलर जडान गराउनुभएको थियो । उहाँका अनुसार २ लाखको लगानीमा जडान गरिएको वाटर कुलरबाट करिब ३ हजार विद्यार्थीहरुले शुद्ध चिसो खानेपानीको सुविधा पाएका छन् ।

त्यस्तै गत जेठ १३ गतेका सिद्धार्थनगर–५ स्थित आफ्नै निवास प्रकाश बस्त्रालय) अगाडि ४०÷४० लिटर  क्षमताका २ वटा वाटर कुलर प्लस वाटर प्युरिफायर उहाँले जडान गर्नुभएको थियो । २ लाख ५० हजार लागतको उक्त कुलर प्लस वाटर प्युरिफायरबाट दैनिक ३ हजार लिटर पानी खपत भइरहेको उहाँले जानकारी दिनुभयो । गर्मीयाममा तिर्खा लागेका सर्वसाधारणलाई पानी पिउन सहज भएको वडा सदस्य बेरीवालले विश्वास व्यक्त गर्नुभयो ।

WhatsApp Image 2025-06-25 at 11.16.54 AM.jpeg
WhatsApp Image 2025-06-25 at 11.16.57 AM.jpeg

‘पाँच वर्षका लागि वडाबासीले निर्वाचित गर्नुभएको छ, तीन वर्ष बितिसक्यो । बाँकी दुई वर्ष पनि आफूले जनप्रतिनिधिको रुपमा पाउने सेवासुविधा सामाजिक कार्यमा नै लगाउने प्रतिवद्धता व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।