२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गोयनका ग्रुप अफ इण्डष्ट्रिजका कर्मचारीलाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

शुक्रवार , आषाढ १३, २०८२

भैरहवा, १३ असार । गोयनका ग्रुप अफ इण्डष्ट्रिज ओमसतिया गाउँपालिका–२ पडसरी, रुपन्देही अन्तर्गतको एभरेष्ट रोलिङ्ग इण्डष्ट्रिज प्रा.लि. र हिमचुली इन्टरनेशनलमा कार्यरत कर्मचारी/कामदारलाई मायादेवी गाउँपालिका–८ रुपन्देहीस्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. मा उपचार गराउँदा छुट हुने भएको छ । 

बिहीबार इण्डष्ट्रिज र हस्पिटलबीच भएको सम्झौता अनुसार कर्मचारी/कामदारलाई कुनै प्रकारको उपचार (आँखाको बाहेक) गराउनुपरेमा हस्पिटलबाट छुट उपचारसहित गराउन सकिने गोयनका ग्रुप अफ इण्डष्ट्रिजका सञ्चालक अरुण कुमार गोयनकाले बताउनुभयो । ‘दुर्घटना भएको खण्डमा हस्पिटलबाट छुटसहित उपचार गराउन उपचार खर्च बीमा कम्पनीबाट प्राप्त हुनेछ । प्रहरी रिपोर्ट पनि आवश्यक पर्नेछ, ’उहाँले भन्नुभयो । त्यस्तै कर्मचारी÷कामदारको व्यक्तिगत दुर्घटना बीमा पनि गराइएको उहाँले जानकारी दिनुभयो ।

ओपिडी टिकटमा २० प्रतिशत, युएसजी/एक्स–रेमा १५ प्रतिशत, ईसिजी/ईकोमा २० प्रतिशत, बेड चार्ज (जनरल) मा १५ प्रतिशत, बेड चार्ज (केबिन, आईसीयू, सीसीयू, एनआईसीयू) मा १० प्रतिशत, ओटीमा १० प्रतिशत, फिजियोथेरापीमा २५ प्रतिशत, सीटीस्क्यानमा १० प्रतिशत र ल्याब परीक्षणमा २० प्रतिशत (बाहिर सेम्पल पठाएको अवस्थामा लागू नहुने) छुट प्रदान गरिने सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.की अपरेशन इञ्चार्ज रीता घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा कोषमार्फत भुक्तानी गर्दा भने छुट सुविधा लागू हुनेछैन । 

अस्पताल र उद्योगबीच एक वर्षका लागि सम्झौता भएको र पुनः नविकरण गरिने सम्झौता–पत्रमा उल्लेख छ ।