२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं, १३ असार । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । 

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले सटर बन्द गरेका हुन् । न्युरोड लगायका स्थानहरुमा सुनचाँदी पसल बन्द रहेको छ । विनयोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरुको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरुले आन्दोलन शुरु गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएसँगै उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।